‘दारी ग्याङ’ को रक्तदानमा ८२ युनिट
पाेखरा | साउन २८, २०८१
पोखरा: युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए ।
गौतमको रक्तदान यो ५५ औं पटक हो ।
गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए ।
निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।
दाह्री ग्याङ पोखराका पुर्व संयोजक अभिमन्यु पाण्डे (बिक्रम)ले वार्षिक क्यालेण्डर अन्तरगतकै श्रावनको अन्तिम सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् ।
कार्यक्रमको सञ्चालन पुर्व संयोजक पाण्डेले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

